Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने निर्णय गरेको छ ।

बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्‌को बैठकले अवैध तथा वैध रुपमा सञ्चालित क्रसरहरुबारे अध्ययन गरेर क्रसर उद्योगहरु खोल्नेबारे निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‌ बैठकका निर्णयबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद्को बैठकमा क्रसर उद्योगहरुबारे छलफल भएको र अध्ययन गरेर निष्कर्षमा पुग्ने निर्णय भएको जानकारी दिए ।

केही दिन अघि गृह मन्त्रालयले एक सूचना जारी गर्दै अवैध रुपमा सञ्चालित क्रसरहरु बन्द गर्ने निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077