Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से ५ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब ४ करोड

काठमाडौं । बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ ।

अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो ।

यस्तै बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ५८ हजार ६६५ पटकको खरिदमा ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर खरिद बिक्री भएको छ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077