Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वैदेशिक रोजगारको नाममा ठगी धन्दा, ४१ युवाको तीन करोड बढी ठगी

    वैदेशिक रोजगारको नाममा ठगी धन्दा, ४१ युवाको तीन करोड बढी ठगी

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 810
    SHARES

    विराटनगर । मोरङमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मोटो रकम लिएर एजेन्ट फरार भएपछि युवाको विचल्ली भएको छ । वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोह ३ करोड ठगी गरी फरार भएको हो ।

    युवालाई जापान पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि महँगोमा ब्याजमा पैसा लिएका ४१ जना युवा विचल्लीमा परेका छन् । ठगिनेमा मोरङका ४० र झापा एक जना छन् । ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका छन् । बिहीबार विराटनगरमा जापान पठाउने नाममा ठगिएका ४१ जना युवाले पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको खुलासा गरेका छन् ।



    उक्त ठगीमा अजयसहित उनका भाइ रन्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी संलग्न रहेको पीडितहरु बताउँछन् । पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।



    चितवनका राजेन्द्र, मोरङ सुनवर्षी–६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको पीडित बताउँछन् । उनीहरुका अनुसार राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम गरेर फर्किएका थिए ।

    अजयले उठाएको रकम लिएर मुख्य योजनाकार भनिएका राजेन्द्र पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् ।

    पीडितहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार