Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा संघको माग

काठमाडौं । वायुसेवा सञ्चालक संघले पनि हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ ।

संघले बिहीबारै विज्ञप्ति जारी गर्दै पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको हो । संघका अनुसार यात्रुले दिएको जिपिएस कोर्डिनेटअनुसार हेलिकप्टर अवतरण गरिएको थियो। सो क्रममा क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गर्दा घाइते भएका छन्।

उक्त घटनाको भत्सर्ना गर्दै संघले जिउज्यानको पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिइ सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको ठहर गरेको छ।

घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन संघले माग गरेको हो । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077