Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज पद तथा गोपनियताको शपथ लिँदै सभामुख देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

संसद सचिवालयका अनुसार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले शपथग्रहण लिने कार्यक्रम तय भएको हो ।

सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ। सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका हुन्।

शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। सहिदको शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077