Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्वालालाम्पुरबाट काठमाडौं उडेको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको हो।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077