Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले भने – दुई छिमेकीसँग कार्ड खेल्नु हुँदैन

    एमाले अध्यक्ष ओलीले भने – दुई छिमेकीसँग कार्ड खेल्नु हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 432
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई छिमेकी देशसँग कार्ड खेल्न नहुने बताएका छन्।

    एमाले परराष्ट्र मामीला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने,‘दुइ छिमेकी संग कार्ड खेल्ने होइन । सन्तुलीत, विश्वसनिय भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नुहुँदैन । हामी असल छिमेकी हुन चाहन्छौं। कुभलो गर्दैनौं । उनीहरूका जायज चासो चिन्तालाई सम्बोधन गरेर अगाडी जान्छौं।’



    नेपालको भूमी कसैकाविरुद्ध प्रयोग हुन नदिने ओलीले बताए। उनले भारत र चिनसंग कार्ड खेल्न नहुने बताए। ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताए ।

    उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराए ।

    अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार