Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘ह्यारी कि प्यारी’ फिल्मका कलाकारले हर्क साम्पाङलाई दिए रुद्राक्षको बिरुवा

काठमाडौं । धरान भ्रमणमा रहेकी अभिनेत्री साम्राज्ञी शाहले नगरप्रमुख हर्क साम्पाङलाई एक सयवटा रुद्राक्षको बिरुवा हस्तान्तरण गरेकी छन् ।

आफू अभिनित पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’लाई प्रवद्र्धन गर्न त्यहाँ पुगेकी उनले साम्पाङको वृक्षारोपण अभियानमा साथ दिएकी हुन् ।
बिरुवा हस्तान्तरणको क्रममा अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजाल पनि उपस्थित थिए ।

फिल्ममा हाँस्य अभिनेता मुन्द्रे अर्थात जितु नेपाल ह्यारीको भुमिकामा छन् भने अभिनेत्री साम्राज्ञी हिरोइन प्यारीको भुमिकामा छिन्।

माघ २० मा फिल्म रिलिज हुने जितु र साम्राज्ञीका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको समेत अभिनय फिल्ममा अभिनय रहेको छ ।

निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्म रोमान्टिक कमेडी विषयमा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077