Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री शर्मालाई बैठकमै यामलाल कँडेलकाे घाेचपेच

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री राजकुमार शर्मालाई फोटो टाँस्न र समय बिताउने काम मात्र नगर्न सुझाएका छन् ।

मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने राखेको प्रस्तावमा प्रदेशसभा बैठकमा बोल्दै नेता कँडेलले मुख्यमन्त्रीको फोटो टाँस्न र समय बिताउन मात्रै सहज भए पनि विकास गर्न कठिनाइ हुने बताए ।

मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा सुनाएका योजनाबारे प्रतिक्रिया दिँदै नेता कँडेलले भने, दानदातव्यबाट कर्णाली बनाउने कुरा गर्‍यौं भने हामी भिखारी बन्नुबाहेक अरु हुँदैन । पढेजस्तै हो भने सबै कुरा देखिए । यी मनचिन्ते झोलाले विकास गर्न सकिँदैन ।’

उनी मुख्यमन्त्रीका आकांक्षी थिए । तर केन्द्र सरकार गठनको सन्तुलनमा कारण माओवादी केन्द्रको भागमा कर्णली प्रदेश परेपछि उनी बाहरिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077