Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम खेल्दैछन् ।

खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो ।

हिजो भएको सेमिफाइनल खेलमा प्रदेश एकले एपीएफलाई ८ विकेटले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077