Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपसभामुख चुनावअघि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधित्व हुने गरी आज बिहान ११ बजेका लागि सभामुख घिमिरेले बैठक बोलाएका हुन् ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । उनी माघ ५ गते प्रतिनिधिसभाबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077