Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी छ ।

सभामुख चयन भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका घिमिरेले संसदमा दलको भूमिका, संसदको काम प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।

बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक छन् । त्यस्तै नेकपा एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र किसन श्रेष्ठ तथा कानून तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन् ।

घिमिरे माघ ५ गते प्रतिनिधि सभाबाट सभामुखमा निर्वाचित भएका थिए । शनिबार नै प्रतिनिधि सभामा उपभामुखको निर्वाचन हुँदैछ। जसका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077