Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ ।

इटहरीमा भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७, डल्ली भट्टले २२, कविता जोशीले १९, कविता कुँवरले १२, रुबी पोद्दारले आठ र बिन्दू रावालले सात रन बनाइन्। प्रदेश १ का लागि शवनम राई, रुविना क्षेत्री, संगीता राई र हिराणमायी रोयले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले पाँच विकेटको क्षतिमा १०१ रन बनाएको थियो।

प्रदेश १ का लागि काँजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुबिना क्षेत्रीले १४ रन बनाएकी थिइन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077