Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद सुमनाले संसदमा भनिन् - महिला नेतृलाई चेली नभनियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गरेकी छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’

आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।

यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् भन्दै उनले अनुरोध गरिन्।

उपसभामुख चयनका लागि प्रतिनिधिसभा बैठक जारी छ। बैठकमा सांसदहरूले छलफलमा भाग लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077