Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्रीमाथि खुकुरी प्रहार गर्ने पन्त १० लाख नक्कली नोटसहित पक्राउ

काठमाडौं । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तारानिधि पन्त १० लाख रुपैैयाँ नक्कली नोटसहित पक्राउ परेका छन् । सर्लाहीको नेपाल–भारत सीमामै नक्कली नोट कारोबारको डिल गरिरहेकै अवस्थामा उनलाई माघ ४ गते पक्राउ गरिएको हो ।

प्रहरी स्रोतका अनुसार वास्तविक नाम तारानिधि पन्त भए पनि रमेशप्रसाद पन्तको नाममा चिनिने उनलाई सर्लाहीको सीमा क्षेत्रमा नक्कली नोट कारोबार गर्नेहरुसँग कनेक्सन देखिएपछि पक्राउ गरिएको हो । नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

नक्कली नोट १० लाख सहित पक्राउ गरिएको बिषयमा भने एसपी सुवेदीले खुलाउन चाहेनन् । माघ ४ मा पक्राउ परेका परेका पन्तलाई शुक्रबार म्यादथप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली नोट कारोबारमा संलग्न पन्तलाई छाड्न एमालेका नेताहरुले प्रहरीमाथि दबाब दिइरहेकाले यो प्रकरण गुपचुप राखिएको छ ।

प्रहरी समेत पन्तको गिरोहलाई पक्राउ गरेको बिषयमा खुलेर बोल्न डराइरहेको छ । अपराधिक क्रियाकलापमा संलग्न पन्तलाई एमाले अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराएर जिफन्टको सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल (हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए ।

रमेश भन्ने तारानिधि पन्त, इन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । आफ्नै नेतामाथि नै खुकुरी प्रहार गर्ने अपराधिक क्रियाकलापमा उत्रिएपछि माओवादीले पन्तलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077