Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री मोदीबारे बनेको बीबीसीको ‘डकुमेन्ट्री’ भारतमा प्रसारणमा रोक

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ मा भारतको गुजरातमा भएको दंगामाथि बनेको बीबीसीको डकुमेन्ट्री प्रसारणमा रोक लगाएको छ ।

बीबीसीले सन् २००२ मा भारतको गुजरातमा भएको दंगाको विषयलाई लिएर बनाएको डकुमेन्ट्रीमा प्रधानमन्त्री मोदीको नकारात्मक चित्रण गरिएको भन्दै विरोध भएको थियो ।

‘इन्डिया : द मोदी क्वेस्चन’ शीर्षकको उक्त डकुमेन्ट्रीमा मोदीको सुरुवाती राजनीतिक जीवनको बारेमा देखिएको छ ।

डकुमेन्ट्रीका कुनै पनि अंश सामाजिक सञ्जालमा सेयर गर्न नदिन भारत सरकारले निर्देशन दिएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले ट्विटरमा उल्लेख गरेका छन् ।

उक्त डकुमेन्ट्रीबारे बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार प्रेस सम्मेलनमा यो डकुमेन्ट्रीको उद्देश्य नै अर्कै किसिमको न्यारेटिभ सिर्जना गर्नु भएको बताएका छन् । उक्त न्यारेटिभलाई यसअघि नै निष्क्रिय भइसकेकोमा पुनः त्यसलाई ब्युँताउन खोजिएको आरोप लगाएका छन् । उनले डकुमेन्ट्री बनाउने बीबीसीको आशयप्रतिसमेत संशय व्यक्त गरेका छन् ।

मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । जसमा सरकारी गणनाअनुसार एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमध्ये अधिकांश मुस्लिम थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077