Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोन्टीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी गरेको छ ।

क्यानले भारतीय प्रशिक्षक देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए ।

तर, उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो ।

जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो । देसाईले सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको थिए ।

त्यस्तै उनले सन् २०१९ को अक्टोबरमा युएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनी सोही सयमा क्यानडाको प्रशिक्षक पनि थिए ।

देसाई सन् २०१७ मा नेपाली यू–१९ टोलीले यू–१९ एसिया कपमा नेपालका ब्याटिङ सल्लाहकार थिए । प्राविधिक समितिले बोर्डलाई देसाईको नाम सिफारिस गरेको र दुई दिनमा उनलाई नियुक्ति गरिने क्यान स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077