Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ बैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए।

शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077