Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारतमा रोक

एजेन्सी । भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र प्रदर्शनका लागि रोक लगाइएको छ ।

सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ ।

भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन्।

त्यस कानुनमा आपतकालीन अवस्थामा सरकारले आवश्यक कदम चाल्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077