Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकाबिहानै बालुवाटार पुगे सभामुख देवराज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच आगामी संसद बैठक र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सभामुख निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डसँगको यो पहिलो औपचारिक भेट हो ।

नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077