Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टी-२० लिग 'स्पट फिक्सिङ' प्रकरण : क्रिकेटर मेहबुब र आदिललाई काठमाडौं ल्याइँदै

काठमाडौं । म्याच फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जना क्रिकेट खेलाडीलाई नियन्त्रणमा लिएको छ ।

नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ ।

काठमाडौंमा हालै सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको छ ।

बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी–२० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरु फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077