Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सशस्त्रका आईजीपी कृष्णमोहनको शालिकमा प्रधानमन्त्री प्रचण्डको सलामी

काठमाडौं । सशस्त्र द्वन्द्वताका माओवादी छापामारद्वारा हत्या गरिएका तत्कालीन सशस्त्र प्रहरी बलका आइजिपी कृष्णमोहन श्रेष्ठको शालिकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सलामी दिएका छन्।

२२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले श्रेष्ठको शालिकमा सलामी दिएका हुन्।

सशस्त्र युद्धका बेला, २०५९ माघ १२ गते माओवादी छापामारहरूले तत्कालीन आइजिपी श्रेष्ठको गोली हानी हत्या गरेका थिए।

सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक श्रेष्ठको ललितपुरको बागडोलमा बिहान हिँडिरहेका बेला हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077