Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अवैध लागूऔषध चरेससहित महिला पक्राउ

    अवैध लागूऔषध चरेससहित महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 1.1K
    SHARES

    धादिङ। धादिङ प्रहरीले अवैध लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

    मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई धादिङको थाक्रे गाउँपालिका–२ समनटारबाट पक्राउ गरेको हो ।



    उनको साथबाट आठ किलो ५२५ ग्राम चरेस बरामद गरिएको छ ।



    पालुङबाट धादिङको महादेवबेशीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई

    इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार