Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • तस्करीमा नयाँ तरिका: चकटीभित्र चरेस राखेर विदेश ओसार-पोसार गर्ने गिरोह सार्वजनिक

    तस्करीमा नयाँ तरिका: चकटीभित्र चरेस राखेर विदेश ओसार-पोसार गर्ने गिरोह सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार-पोसार गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा म्याग्दीका श्यामप्रसाद, वीरबहादुर र दिलबहादुर रोका रहेका छन्। त्यस्तै, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ र नुवाकोटका सेसे भनिने उर्पा र वीरबहादुर तामाङ रहेका छन्।



    उनीहरुलाई कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो बढी चरेसहित मंगलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।



    ब्यूरोका अधिकारीहरुका अनुसार पक्राउ परेकाहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    यस्तै, यसअघि पनि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड र टर्कीलगायतका देशहरूमा लागूऔषधहरू ओसारपसार गर्दै आएको पाइएको अनुसन्धानमा देखा परेको छ।

    यस बिषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार