Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको हो।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077