Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाजुरा केन्द्रबिन्दु बनाएर ५‍.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महसुस गरिएको छ।

भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महसुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

क्षतिबारे भने केही विवरणहरू प्राप्त भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077