Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्पका कारण बाजुरामा दुई घर पूर्णरुपमा भत्किए

काठमाडौं । मंगलबार दिउँसो गएको भूकम्पमा परी बाजुरामा केही घर भत्किएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार दिउँसो पौने ३ बजे बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महसुस गरिएको छ।

भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महसुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार अहिले सम्म २ घर भत्किएको खबर आएको छ ।

अहिले प्रहरी क्षति भएको स्थलमा पुगेको र विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077