Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज पनि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले पश्चिम नेपालबाट वर्षा र हिमपात सुरू भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ ।

आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार आज राति देशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यसबाहेक लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

चार वटा प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहने र तीन वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077