Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समान विचार भएकासँग वार्ता गर्न राप्रपा नेपालले बनायो कमिटी

काठमाडौं । कमल थापाको नेतृत्वको राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ ।

काठमाडौँमा हालै सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन् ।

पार्टीलाई बलियो बनाउन निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग सम्वाद शुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077