Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रेमप्रसादजी माफ गर्नुस्, हामीले आशा जगाउन सकेनौँ : गृहमन्त्री लामिछाने

    प्रेमप्रसादजी माफ गर्नुस्, हामीले आशा जगाउन सकेनौँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था हिजो देखिको निराशा र पीडा निम्त्याएको परिणाम भएको बताएका छन् ।

    उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको बताएका हुन् ।



    सामाजिक सञ्जालमार्फत उनले भनेका छन् -‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु’।



    नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको लामिछानेले उल्लेख गरेका छन् । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

    आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

    दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार