Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशका सांसद माला र हैदरले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेश सभामा नेकपा माओवादी केन्द्रका २ जनासांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्।

समानुपातिक सांसद माला कुमारी कर्ण र मो रजी हैदरले प्रदेश सभा सचिवालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।

सर्वोच्च अदालतबाट मंसिर २९ गते अल्पकालिन अन्तरिम आदेश जारी भएपछि प्रदेशसभा सचिवालयले शपथ ग्रहणसम्बन्धी सम्पूर्ण कार्यमा रोक लगाएको थियो ।

तर,सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई नै सदर गरिदिएपछि दुवैजनालाई सभामुख रामचन्द्र मण्डलले शपथ ग्रहण गराएका हुन्।

सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदरमाथि कलस्टर विवादका कारण सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077