Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

सो घटनामा परी दुई महिला घाइते भएका छन् । परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ ।

घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्किएको कारण उनीहरु जलेका थिए । उद्धार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077