Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग

    न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 573
    SHARES

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ ।

    सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले यस्तो माग गरेको हो ।



    बैठकले अदालतमा पाँचजना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए ।



    बारले कामु प्रधानन्यायाधीश कार्कीलाई पत्र पठाई यथाशीघ्र रिक्त न्यायाधीशको पद पूर्ति गर्न माग गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार