Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२०२२ को उत्कृष्ट आईसिसी पुरूष क्रिकेटर बने सूर्यकुमार

एजेन्सी । भारतीय ब्याटर सूर्यकुमार यादव वर्ष २०२२ को उत्कृष्ट पुरूष क्रिकेटर भएका छन्।

उनले ट्वान्टी-२० फर्म्याटमा आईसिसीको यो अवार्ड हात पार्न पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पारे।

सन् २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका सूर्यकुमारले केही कीर्तिमानसमेत बनाएका छन्।

सूर्यकुमार टी-२० अन्तर्राष्ट्रियमा एक क्यालेन्डर वर्षमा १ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन्। ३२ वर्षीया उनले १८७.४३ को स्ट्राइक रेटमा ११६४ रन बनाएर वर्षको सर्वाधिक रन बनाउने खेलाडी बने ।

यस अवधिमा उनले ६८ छक्का प्रहार गरेका थिए। टी-२० क्रिकेट इतिहासमा कुनै पनि क्रिकेटरले एक वर्षमा सबैभन्दा बढी छक्का प्रहार गरेको यही हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077