Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।

बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा दुई महिला पनि घाइते भएका छन्।

क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077