Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको गणतन्त्र दिवसका अवसरमा ओलीले मोदीलाई दिए शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना सन्देश दिएका हुन्।

उनले प्रधानमन्त्री मोदीलाई ट्विट मेन्सन गर्दै लेखेका छन्, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

साथै, ओलीले भारतीय गणतन्त्र दिवसको अवसरमा गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासको मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077