Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै बैठक स्थगन भएको जानकारी दिए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,” मुख्यसचिव पौडेलद्धारा जारी विज्ञप्तिमा लेखिएको छ ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठक कांग्रेसले अनिश्चितकालका लागि स्थगित गरेको हो।

यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो।

तर, अन्तिम समयमा उक्त बैठक माघ १५ का लागि तय गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077