Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट खैरो हेरोइन सहित एक जना पक्राउ

भनगढी। कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइन सहित लम्कीचुहाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी घर भएका ४० वर्षीय विजय मल्ल छन् ।

मल्लको साथबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय लम्कीचुहाले जनाएको छ ।

प्रहरीले उनलाई लम्कीचुहा नगरपालिका–१ स्थित राजपुर स्थित लम्की–टिकापुर सडक खण्डबाट पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको थियो । उनीमाथि लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077