Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ - ओलीबाट सहमति पालना भएन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको बताएका छन् ।

पार्टी कार्यालयमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्डले ओलीप्रति असन्तुष्टि जनाएका हुन् ।

माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको धारणा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।

एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077