Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपा नेता अरनिको भन्छन् - रवि दाई फेरि राजनीतिमा फर्किहाल्नुहुन्छ, शान्त रहनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कमिटी सदस्य अरनिको पाँडेले रवि लामिछाने फेरि राजनीतिमा फर्किने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो । सोही विषयमा प्रतिक्रिया दिँदै उनले रास्वपा विधिको शासन मान्ने पार्टी भएको बताए । 'हामी विधिको शासन मान्ने पार्टी हौँ। रवि दाई फेरि राजनीतिमा फर्किहाल्नहुनेछ। त्यतिन्जेल सम्म हाम्रा अरु १९ जना सांसदहरु छदैछन्,' उनले भने। उनले रास्वपाका सबै शुभचिन्तकहरुलाई शान्त रहन आग्रह पनि गरेका छन्। आज सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेसँगै उनको मन्त्री पदसमेत गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077