Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी

एजेन्सी । न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो टी-२० आन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो।

यसअघि भएको ओडीआई सिरिज गुमाएको न्युजिल्यान्ड भारत विरूद्ध टी-२० जित्दै पुनरागमनको प्रयासमा छ। दोस्रो खेल भोलि लखनउमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077