Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध जस्तो देखिने पदार्थसहित झापाबाट एकजना पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित झापामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टा बसपार्कस्थित बस्ने ३० वर्षका प्रलाद कार्की रहेका छन् ।

शनिबार दिउँसो साढे २ बजे इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरौ हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ५०० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कार्कीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टा ल्याई थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077