Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सूचनाको वर्गीकरणमाथि छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए सरोकारवालाको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन् ।

कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएपछि प्रधानमन्त्री दाहालले चासो देखाएका हुन् । आजै मात्र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस विषयमा प्रश्न उठाएका थिए ।

मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा लुकाएको आरोप लाग्दै आएको छ ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

मुख्य सचिवको अध्यक्षतामा रहने सूचना वर्गीकरण समितिले सूचनाको हकसम्बन्धी ऐन २०६४ लाई निष्कृय पार्ने गरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077