Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु, १५ घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिएको थियो ।

गोताखोरले १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन् ।

बाँधबाट ९ जनाको शव फेला परेको अशरफले बताए । १ बालकले अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077