Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा भएको विष्फोटमा परी २८ जनाको मृत्यु भएको छ ।

पेशावरको मस्जिदमा प्रार्थानाका लागि मानिसहरु भेला भएका बेला विष्फोट भएको हो । विष्फोटमा परी अरु १५० भन्दा धेरै घाइते भएका छन् ।

विष्फोटपछि मस्जिदको संरचना ध्वस्त भएको र भग्नावशेषमा धेरै मानिसहरु फसिरहेको हुनसक्ने प्रहरीले बताएको छ । विष्फोटनका बेला उक्त मस्जिदमा ३ सय जनाभन्दा धेरै मानिसहरु भेला भएका थिए ।

सुरक्षा अधिकारीले पछिल्लो विष्फोटन आत्मघाती आक्रमण भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

यद्यपि सुरक्षा अधिकारीले केही समययता पाकिस्तानी तालिबानले ठूलो आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले आक्रमणको निन्दा गर्दै अधिकारीहरुलाई घाइतेको उपचार गर्न निर्देशन दिएका छन् । उनले आक्रमणमा संलग्नमाथि कारवाही गरिने आश्वासन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077