Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीबीसीको ‘डकुमेन्ट्री’को प्रतिबन्दविरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । बीबीसीबाट निर्मित ‘इन्डियाः द मोदी क्वयस्चन’ भारतमा प्रत्यक्ष वा अप्रत्यक्षरुपबाट प्रदर्शन गर्न प्रतिबन्द लगाइएको विरुद्धमा भारतीय सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ पत्रकार तथा द हिन्दूका पूर्वसम्पादक एन राम, अधिवक्ता र नागरिक अधिकार अभियन्ता प्रशान्त भूषण र तृणमूलका कांग्रेसका सांसद महुआ मोइत्राले संयुक्तरुपमा रिट दायर गरेका हुन् ।

बीबीसी निर्मित डकुमेन्ट्रीमा सन् २००२ को गुजरातमा भएको विद्रोह र सोमा मोदीको भूमिकाको आलोचना प्रशारण गरिएको छ ।

सो डकुमेन्ट्रीको प्रशारणमा रोक लगाउने कार्य भारतको संविधान प्रदत्त सूचनाको हकको प्रतिकूल भएको भन्दै सोमबार रिट दायर भएको हो ।

डकुमेन्ट्रीलाई सत्तामा बस्नेहरूलाई प्रतिकूल हुने आधारमा प्रतिबन्ध लगाउन नमिल्ने निवेदकको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077