Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको मस्जिदमा विस्फोट : कम्तीमा ३२ जनाको मृत्यु, १५० घाइते

एजेन्सी । पाकिस्तानी सहर पेशावरस्थित एउटा मस्जिदमा भएको बम विस्फोटमा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अन्य १५० जना घाइते भएका छन् ।

मस्जिद भवनको एउटा खण्ड ध्वस्त भएको छ भने सरकारी अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् । मृत्युमध्ये अधिकांश प्रहरी बलका सदस्यहरू रहेका छन् । बम आक्रमण नै उनीहरूमाथि लक्षित रहेको विश्वास गरिएको छ ।

३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले बताए ।

यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077