Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको मस्जिदमा प्रहरीलक्षित विस्फोट, मृत्यु हुनेको संख्या ५९ पुग्यो

एजेन्सी । पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको हो ।

घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

विस्फोट प्रहरी हेडक्वाटर, गुप्तचर र ‘काउन्टर टेरोरिजम युनिट’ को कार्यालय रहेको क्षेत्रमा भएको थियो। त्यसैले यो विस्फोट प्रहरीलक्षित भएको अनुमान अधिकारीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077