Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई नोटबन्दी गर्न माधव नेपालको सुझाब

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नोटबन्दी प्रस्ताव गरेका छन् ।

देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई बुझाएको २० बुँदे ज्ञापन पत्रमा अध्यक्ष नेपालले यस्तो सुझाब दिएका हुन् ।

एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब सरकारलाई दिएको छ ।

ध्यानाकर्षणको ९ औं नम्बर बुँदामा अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न माग गरिएको छ।

नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरेर अनौपचारीक क्षेत्रमा रहेको पैसा अर्थतन्त्रको प्रणालीमा ल्याउन सुझाव दिएको छ ।

यस्तै निक्षेपको ब्याजदर ४ प्रतिशत र कर्जाको ब्याजदर बढाीम ७ प्रतिशत कायम गर्नुपर्ने माग एकीकृत समाजवादीले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077