Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको संख्या ९० पुग्यो

एजेन्सी । पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या हालसम्म ९० पुगेको छ ।

घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेका छन्।

मस्जिद भवनको एउटा खण्ड ध्वस्त भएको छ भने सरकारी अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।

मृत्युमध्ये अधिकांश प्रहरी बलका सदस्यहरू रहेका छन् । बम आक्रमण नै उनीहरूमाथि लक्षित रहेको विश्वास गरिएको छ ।

यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077